एसीसी प्रिमियर कप सुरु हुनु अघि के भने नेपाली क्याप्टेन रोहित पौडेलले

नेपालखोज २०८० वैशाख ५ गते ६:२६

काठमाडाैं । नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले नेपालले एसिया कपमा स्थान बनाउने राम्रो मौका पाएको कुरा बताउँदै यो अवसरको सक्दो सदुपयोग गर्ने बताएका छन् । ‘एसिया कपमा स्थान बनाउने राम्रो मौका छ । हामीले जुन हिसाबमा टिम स्पिड्मा खेलेका छौं त्यसलाई अगाडि बढाउनुपर्छ ।

सबै जना राम्रो लयमा देखिएका छन् । त्यो स्ट्यान्डरलाई निरन्तरता दिएर खेले यो प्रतियोगिता जितिन्छ’, पौडेलले एसीसी प्रिमियर कपको पुर्वसन्ध्यामा पत्रकारहरु सँग कुराकानि गर्दै भनेका छन् ।

‘मलाई लाग्छ सबै जना तयार छन् । हामीले १५ दिन देखि अगाडिनै तयारी गरेका छौं । घरेलु मैदान हुँदा फाइदा पनि हुन्छ । लिग-२ मा हामीले जुन उपलब्धी हात पार्यौ त्यसकै आधारमा यो नयाँ सुरुवात हुन लागेको हो । ’ क्याप्टेन पौडेलले भने । क्याप्टेन रोहित पौडेलले नेपाली क्रिकेटको विकास क्रममा एसिया कप निकै महत्वपूर्ण रहेको बताए । ‘यो एकदमै महत्वपूर्ण छ । हामीले ठूला टेस्ट नेशनहरुसँग खेलेका छैनौं ।

उनीहरुसँग खेल्ने एकदमै राम्रो मौका छ । क्वालिफायर भए राम्रो एक्स्पोजर पनि पाइन्छ’, उनले भने । खेलमा ध्यान केन्द्रित गर्न सके एसिया कप धेरै टाठाको कुरा नभएको रोहितको धारणा छ । ‘हामीले हाम्रो कमजोरीहरुमा बढी काम गरेका छौं । डेथ ओभरको योर्करमा बलरले हरेक दिन अभ्यास गरेका छन् । ब्याटसम्यानहरुले पनि योजना अनुसार काम गरेका छन्’, उनले भने । आफ्ना प्रतिद्वन्दीहरुका सन्दर्भमा रोहित सबै टिम राम्रो भएको बताउँछन् ।

‘मलाई लाग्छ सबै टिम त्यति नै राम्रा छन् । ओमान, हङकङ, युएई सबै टिम लयमा छन् त्यसैले हामीले कसैलाई पनि सहज रुपमा लिएका छैनौं । ’ रोहितले भने । नेपाली टिमका खेलाडिहरुका सम्बन्धमा उनले भनेका छन् – यसअघिको सिरिजमा कसैले खासै नराम्रो गरेको थिएन । त्यसैले टिममा धेरै परिवर्तन आवश्यक थिएन । टिममा सबैलाई सहज अनुभव पनि गराउनु पर्ने हुन्छ । त्यसैले खासै परिवर्तन नगरिएको हो ।

प्रतिक्रिया