एसीसी प्रिमियर कप आजदेखि, उद्घाटन खेलमा नेपाल मलेसियासँग खेल्दै 

नेपालखोज २०८० वैशाख ५ गते ७:३८

काठमाडाैं । एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आजदेखि काठमाडौंमा एसिसी मेन्स (पुरुष) प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ । 

आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दै त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट प्रतियोगिताको सुरुवात गर्ने छ ।

नेपाल र मलेसियाबीचको खेल बिहान साढे ९ बजेदेखि सुरुहुने छ । प्रतियोगितामा १० टिम सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । 

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल ओमानसँग ८ गते मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल ११ गते खेल्ने नेपाल समूह चरणको अन्तिम खेल १४ गते कतारसँग खेल्ने छ ।

आजदेखि सुरुहुन लागेको प्रतियोगिता वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ ।

प्रतिक्रिया