’ए’ डिभिजन लिग : दशौँ चरण खेल आजदेखि

नेपालखोज २०८० वैशाख ५ गते ९:१६

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज देखि दशौँ चरणका खेलहरु सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार आज चौंथो जितको योजनामा हुनेछ । खुमलटार ९ खेलमा १० अंक जोडेर १० औं स्थानमा रहेको छ ।

एनआरटी दोस्रो जितको खोजीमा हुनेछ । एनआरटी ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । मनाङ र आर्मीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

मनाङ आज पाँचौ जितको खोजीमा हुनेछ । मनाङ १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

आर्मी आज चौंथो जित निकाल्न चाहन्छ । आर्मी १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया