कोरोनाबाट दुई जनाको मृत्यु

नेपालखोज २०८० वैशाख ५ गते १८:५६

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको मृत्यु भएको छ ।

यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ८५ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ जना पुगेका छ ।

काठमाडौँ उपत्यकामा २२ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु), चार जना भेन्टिलेटरमा उपचाररत रहनुभएको छ ।

शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ ।

प्रतिक्रिया