आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै
नेपालखोज
२०८० वैशाख ६ गते ६:३६

काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया