राष्ट्रपति पौडेल शिक्षण अस्पताल भर्ना

नेपालखोज २०८० वैशाख ६ गते ६:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्वस्थ भएका छन् ।

उनकाे उपचारका लागि उहाँलाई मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले हाल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उपचार जारी छ ।

प्रतिक्रिया