एसीसी प्रिमियर कप : आज दुई खेल हुँदै
नेपालखोज
२०८० वैशाख ६ गते ८:००

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो भने अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो । हङकङ र सिंगापुरको खेल भने मुलपानी मैदानमा भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया