बिहीबार, वैशाख २७, २०८१

२०२३ मा विश्वका धनी व्यक्तिहरू

नेपालखोज २०८० वैशाख ६ गते १४:५८

अमेरिकी पत्रिका फोर्ब्सका अनुसार २०२३ मा विश्वकै सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्ट र उनको परिवार हो । उनीहरूको नजिक पुगेका अरु धनीहरु को छन् त ?

बर्नार्ड अर्नाल्ट सबैभन्दा धनी

अहिले संसारकै सबैभन्दा धनी ७४ वर्षीय बर्नार्ड अर्नाल्ट हुन् । फोर्ब्स पत्रिकाका अनुसार उनको सम्पत्ति २ खर्ब ११ अर्ब डलर अर्थात २७८ खर्ब ५२ अर्ब रुपैयाँ बराबर छ । अर्नाल्ट एलवीएमएचको मालिक हुन जसले लुइस वुटोन र डियोर जस्ता लक्जरी गुटस उत्पादन गर्छ । उनी यो स्थानमा पुग्ने पहिलो फ्रान्सेली पनि हुन् ।

एलन मस्कको सम्पत्ति घट्यो

५१ वर्षीय एलोन मस्कले टेस्ला र स्पेस एक्स सहित ६ वटा ठुला कम्पनी स्थापना गरेका छन् । उनी ट्विटरका मालिक पनि हुन् । मस्कसँग १८० अर्ब डलर अर्थात् करिब २३ हजार ७ सय ६० अर्ब रुपैयाँको सम्पत्ति छ, जुन गत वर्षको तुलनामा घटेर विश्वकै दोस्रो धनी व्यक्तिमा झरेको हो ।

जेफ बेजोस तेस्रो नम्बरमा

अमेजनका मालिक जेफ बेजोस गएको वर्ष आफ्नो अन्तरिक्ष यात्राका कारण चर्चामा थिए। फोर्ब्स पत्रिकाका अनुसार उनीसँग ११४ अर्ब डलर ( १५ हजार ४८ अर्ब रुपैयाँ ) सम्पत्ति छ । २०२१ मा उनीसँग १७७ बिलियन डलर थियो।

ल्यारी एलिसन

७८ वर्षीय ल्यारी एलिसन यो वर्ष धनिहरुको सुचिको चौथो नम्बरमा छन् । अमेरिकी उद्योगपति एलिसनले कम्प्युटर कम्पनी ओरेकलको स्थापना गरेका थिए । उनको अनुमानित सम्पत्ति १०७ बिलियन डलर छ।

वारेन बफेट

प्रख्यात लगानीकर्ता तथा उद्योगपति वारेन बफेट धनी व्यक्तिको सूचीमा पाँचौं नम्बरमा छन् । ९२ वर्षीय बुफेको सम्पत्ति १०६ अर्ब डलर भएको अनुमान छ ।

बिल गेट्स

६७ वर्षीय बिल गेट्स यो सचिको छैटौं नम्बरमा छन् । माइक्रोसफ्टका संस्थापक गेट्ससँग १०४ अर्ब डलर सम्पत्ति छ ।

माइकल ब्लूमबर्ग

८१ वर्षीय माइकल ब्लूमबर्ग सबैभन्दा धनी व्यक्तिको सूचीको सातौं नम्बरमा छन् । न्यूयोर्कका पूर्व मेयर ब्लूमबर्गसँग ९४.५ बिलियन डलर सम्पत्ति छ ।

कार्लोस स्लिम हेलु

सन् २०१० मा विश्वकै धनी व्यक्ति बनेका मेक्सिकन उद्योगपति कार्लोस स्लिम हेलु यो सूचीको आठौं नम्बरमा छन् । ८३ वर्षीय हेलुसँग ९३ अर्ब डलर सम्पत्ति छ ।

प्रतिक्रिया