नेप्सेमा करेक्सन, १५ अंकले बढ्दा ८७ करोड २१ लाखको सेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन तीन अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १५ दशमलव १३ अंकले बढेर १९ सय २० दशमलव १२ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले बढेर तीन सय ६५ दशमलव ९० अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटकको कारोबारमा २५ लाख ७९ हजार तीन सय २५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ८७ करोड २१ लाख ४१ हजार एक सय १६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सूचक घटेपनि बाँकी समुहहरुको सूचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सूचक नौं दशमलव ४४ अंकले बढेर १२ सय ५१ दशमलव २४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सूचक ४४ दशमलव १२ अंकले बढेर ३५ सय सात दशमलव चार अंकमा पुगेको छ ।
जलबिद्युत समुहको सुचक पनि २१ दशमलव ९७ अंकले बढेर २४ सय ९७ दशमलव ५२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सूचक पनि ६९ दशमलव २० अंकले बढेर नौं हजार पाँच सय ५३ दशमलव ६२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सूचक पनि ७० दशमलव ८४ अंकले बढेर आठ हजार छ सय ४१ दशमलव २० अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टे«डिङ समुहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज कालिञ्चोक दर्शन लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले बढेर सात सय ३४ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर १३ सय ५० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज स्वालम्वन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरतर्फ प्रतिकित्ता सात सय ८२ रुपैंयाँ अन्तिम मुल्यमा आठ करोड ८३ लाख १३ हजार तीन सय रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया