शुक्रबार, असार ६, २०८२

धेरै पानी पिउनु पनि हानिकारक

नेपालखोज २०८० वैशाख ७ गते ७:२१

अहिले देशका धेरै ठाउँमा तापक्रम बढदै गएको छ । चर्को गर्मीमा शरीरमा पानीको कमी अर्थात डिहाइड्रेसन भएर मृत्युको कारण बनेको घटना धेरै सुन्न पाइन्छ । यस्तो अवस्थामा गर्मीमा प्रसस्त पानी पिउनुपर्छ भन्ने निश्चित छ । यद्यपि पानी कहिले, कसरी र कति पिउने भन्ने कुरा पनि जान्न जरुरी छ ।

गलत समयमा र धेरै पानी पिउनु पनि हानिकारक हुन सक्छ । त्यसो भए गर्मीमा कति पानी पिउने रु आहारविज्ञहरुका अनुसार शरीर अनुसार पानीको आवश्यकता व्यक्तिपिच्छे फरक /फरक हुन सक्छ । सामान्यतया गर्मीका दिनमा वयस्क व्यक्तिलाई ८ गिलास अर्थात् दिनमा ३ देखि ३.५ लिटर पानी चाहिन्छ ।

एकै पटक कोटा पूरा नगर्नुहोस्

दैनिक ३ देखि ३ दशमलव ५ लिटर पानी पिउनुको अर्थ कसैले दिनभर आधा लिटर पानी पिएर साँझ एकैपटक दुई देखि साढे दुई लिटर पानी पिएर आफ्नो कोटा पूरा गर्न सक्छन् भन्ने होइन । त्यसो गर्नु हानिकारक हुन सक्छ । शरीरलाई हाइड्रेटेड राख्न दिनभर थोरै ( थोरै मात्रामा पानी पिइरहनुपर्छ । एकै पटक धेरै पानी पिउनु हुँदैन । यदि सक्नुहुन्छ भने चुस्की लिएर बिस्तारै पानी पिउनुहोस् ।

आवश्यकताभन्दा बढी पानी पिउँदा शरीरमा रगतको मात्रा पनि आवश्यकताभन्दा बढी हुन्छ । यसबाहेक मिर्गौलामा फिल्टरेशनको बढी दबाब हुन्छ । एकै पटक धेरै पानी पिउनाले शरीरको इलेक्ट्रोलाइट सन्तुलन बिग्रन सक्छ भने शरीरमा सोडियमको स्तर पनि कम हुन सक्छ । सोडियमको मात्रा कम हुँदा शरीरमा समस्या सुरु हुन्छन् ।

शरीर अनुसार पानीको तापक्रम

के देखिन्छ भने मानिसहरू तिर्खा लाग्दा फ्रिजबाट बोतल निकालेर चिसो पानी घटघटि पिउँछन् तर यसो गर्नु स्वास्थ्यका दृष्टिले राम्रो होइन । यदि हाम्रो शरीर तातो छ र हामीले अचानक चिसो पानी पियौं भने शरीरको तापक्रममा अचानक परिवर्तन हुन्छ ।

सामान्य भाषामा यसलाई ‘चिसोर/तातो’ भनिन्छ । यो बानीले हामिलाई बिरामी बनाउन सक्छ ।
यसले गर्दा खाना पचाउन समस्या हुन्छ । यही कारणले गर्दा गर्मीमा मानिसमा अपच र पखालाको समस्या बढी देखिन्छ ।

प्रतिक्रिया