उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै

नेपालखोज २०८० वैशाख ७ गते ६:५४

काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (आज) राति १२ बजेबाट सुरु हुँदै छ । निर्वाचन आयोगले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जनाएकाे छ ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया