एसीसी प्रिमियर कप : आज पनि दुई खेल हुँदै

काठमाडाैं । एसीसी मेन्स प्रिमियर क्रिकेट प्रतियोगितामा आज पनि दुईवटा खेल हुने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी मैदानमा ९ बजेदेखि खेल सुरुहुने छ ।
कीर्तिपुर मैदानमा सिंगापुर र बहराइन आमने सामने हुने छन् । सिंगापुर पहिलो जितको खोजिमा रहेको छ भने बहराइन जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा हुने छ ।
आफ्नो पहिलो खेलमा सिंगापुर हङकङसँग ८ विकेटले पराजित भएको थियो । समूह बी अन्तर्गत युएई शीर्ष स्थानमा रहँदा हङकङ दोस्रो स्थानमा छ । सिंगापुर तेस्रो तथा कुवेत चौथो स्थानमा छ ।
त्यस्तै, बिहान ९ बजे नै मुलपानी मैदानमा मलेसिया र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुने छ । मलेसिया आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालसँगको नतिजा विर्सिएर साउदी अरेवियाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ । साउदी पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै प्रतियोगिता सुरुवात गर्ने लक्ष्यमा हुने छ । एसीसी प्रीमियर कपमा १० टिम सहभागी छन् । २ समूहमा ५–५ टिम रहेकोमा शीर्ष २ टिमले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् । उपाधि विजेता टिम एसीया कप क्रिकेटमा छनोट हुने छ ।

प्रतिक्रिया