नेपाल वायुसेवाले तिर्यो ऋण दायित्ववापतको ५३ करोड

नेपालखोज २०८० वैशाख ७ गते १३:५५

काठमाडौं । नेपाल वायुसेवा निगमले ऋण दायित्वबापतको किस्ता रकम तिरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भए संगै निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि ऋण लिएको थियो ।

सोही ऋण दायित्वको २०७९ चैत्र महिनाको किस्ताबापत मिति २०७९ चैत्र ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ५३ करोड नौ लाख ५५ हजार दुई सय ७१ रुपैयाँ ४५ पैसा रकम भुक्तानी गरेको हो ।

निगमले २०७९ सालको को आषाढमा एक अर्व ३५ करोड रुपैयाँ, आश्विनमा ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ, पौषमा ३३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ र चैत्रमा ५३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार आठ सय ४४ रुपैयाँ रकम भुक्तानी गरेको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया