आइतबार, वैशाख २८, २०८२

भेरी नदीको बेलिब्रिज भाँचियो, कम्तीमा ४ जनाको मृत्यु भएको आशंका

नेपालखोज २०८० वैशाख ७ गते १४:०८

सुर्खेत । आज दिउँसो मान्छेहरु हिँडिरहेकै अवस्थामा जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ ।

सो बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

घटनामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटनामा चार जना गम्भिर घाइते भएकालाई उपचारका लागि पठाएको बताइएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया