बिहीबार, असार ५, २०८२

आईपीएलका चियरलिडर्स : के हुन्छ क्यामेरा पछाडि

नेपालखोज २०८० वैशाख ७ गते १४:१४

आईपीएल- २०२३ लाई लिएर क्रीकेट फ्यानहरु निकै उत्साहित छन् । उनीहरु आफुलाइ मनपर्ने टिम तथा खेलाडीलाई सपोर्ट गर्न लागिपरेका छन् । आईपीएल प्रायः अन्य सबै यस्ता श्रृंखलाहरूको तुलनामा बढी लोकप्रिय छ। यसको एउटा कारण यसमा लुकेको ग्ल्यामर पनि हो । आईपीएलमा ग्लामर थप्न चीयरलीडरहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्दैआएका छन् । उनिहरुले नाच्दै हर्षोल्लास मनाएको देखेर फ्यानहरू पनि खुसी र उत्साहित हुन्छन् ।

धेरै मानिसहरू सोच्छन् चियरलीडरहरुको जीवन रमाइलो र मस्तिपुर्ण हुन्छ । उनीहरूले धेरै पैसा पाएको हुनुपर्छ । तर यथार्थ त्यस्तो छैन । यो चमकको पछाडि अन्धकार र तितो सत्य पनि लुकेको छ ।

समयमा पैसा नपाउनु

आईपीएलका चियरलीडर्सले समयमै तलब पाउँदैनन्। उनीहरुले आफ्नो मेहनत अनुसार थोरै मात्र पैसा पाउँछन् । यस्तो अवस्थामा पनि पटक–पटक वाचा अनुसार पूरा भुक्तानी हुँदैन । यद्यपि, चियरलीडरहरूले कुन फ्रेन्चाइजीका लागि काम गरिरहेका छन् भन्ने कुरामा पनि धेरै कुरा भर पर्छ ।

बेकारको खाने- बस्ने सुविधा

आइपिएलका चियरलिडर्सले यात्राका क्रममा राम्रो खाना र बास नपाएको गुनासो गरेका छन् । उनीहरू प्रायः एक तारे होटलहरूमा राखिन्छन्। त्यहाँको अवस्था नाजुक नै हुन्छ । उनीहरूले उचित सुविधा पनि पाउँदैनन् ।

खेल पछिको पार्टीमा खराब व्यवहार

चीयरलीडरहरूले दबाबमा खेलिरहेका खेलाडीहरूका साथै दर्शकहरूलाई नृत्य र हर्षोल्लासका माध्यमबाट मनोरञ्जन दिने काम गर्छन्। आईपीएलले खेलाडीको तनाव कम गर्न खेलपछि पार्टी पनि आयोजना गर्ने गरेको छ । उक्त पार्टीमा कतिपय खेलाडी रक्सी पिएर मात्तिन्छन् । यस्तो अवस्थामा उनिहरुले यी चियरलिडर्ससँग दुर्व्यवहार पनि गर्छन् ।

प्रशंसकहरूको असभ्यता

चियरलिडरहरू खेलको समयमा आफ्नो सुरक्षा र मर्यादाका सम्बन्धमा पनि चिन्तित छन् । कतिपयले उनिहरुलाई अक्सर सेक्स वस्तुका रूपमा मात्र हेर्छन् । यस्तो अवस्थामा उनिहरुले बारम्बार फोहोर कमेन्ट र इशाराको सामना गर्नुपर्छ । यस विषयमा पटकपटक गुनासो गरिए पनि ठोस कारबाही हुन सकेको छैन ।

यसबाहेक चियरलिडर्सहरु आफूले लगाउने पहिरन पनि सहज नभएको बताउँछन् । कयौं पटक प्रहरीले बिना वारेन्ट उनिहरुको कोठामा सर्च पनि गरेको छ ।

प्रतिक्रिया