आइतबार, असार २२, २०८२

आफ्नो डुप्लिकेटको हत्या गर्ने प्रयास

नेपालखोज २०८० वैशाख ७ गते १५:२१

एजेन्सी । अमेरिकामा बस्दै आएकी रसियन मूलकी एक युवतीले आफू जस्तै देखिने अर्की युवतिको हत्या गर्ने प्रयास गरेको भन्दै अमेरिकी अदालतले उनलाई २१ वर्षको जेल सजाय सुनाएको छ । बिबिसीको रिपोर्ट अनुसार ४७ बर्षिया भिक्टोरिया नासिरोभाले न्यूयोर्कमा बस्ने आफू जस्तै देखिने ओल्गा स्विकको चिज केकमा विष मिसाएकी थिइन् ।

क्वीन्स जिल्ला अधिवक्ता मेलिन्डा काट्जका अनुसार – भिक्टोरिया र ओल्गा दुवै रुसी मूलका हुन्। दुवैको छालाको रङ्ग, कपालको रङ्ग अनि उचाइ समान छ । भिक्टोरियाले आफ्नो फाइदाका लागि ओल्गाको पहिचान चोर्ने प्रयास स्वरूप उनलाई विष दिएकी थिइन। कुरा २०१६ सालको हो यो कुरा सन् २०१६ को हो । ओल्गा भिक्टोरियाकी ब्यूटीशियन थिइन । उनीहरू मिल्ने साथी थिए र प्रायः रुसी भाषामा कुरा गर्थे।

२८ अगस्त २०१६ मा भिक्टोरियाले ओल्गाको चीज केकमा विष मिसाइ दिइन । त्यो केक खाएपछि उनी बेहोस भइन् । रिपोर्ट अनुसार उनको अवस्था यति बिग्रिएको थियो कि उनलाई हृदयाघात हुन सक्थ्यो । त्यसपछि भिक्टोरियाले ओल्गाको राहदानी, श्रम स्वीकृति र अन्य महत्त्वपूर्ण कागजातहरू चोरेर भागेकी थिइन् । ओल्गाका एक साथीले भोलिपल्ट उनको घर पुग्दा ओल्गा अचेत अवस्थामा फेला परेको बताइन। उनको लुगा पनि फेरिएको थियो ।

यति मात्र होइन कोठामा लागु औषधिका चक्कीहरू छरिएको थियो । त्यहाँ ओल्गाले आत्महत्या गर्न खोजेको जस्तो देखाउने प्रयास गरिएको थियो। त्यसपछि उनलाई अस्पताल लगियो । फर्किएपछि ओल्गाले उनको घरबाट अमेरिकी कामको अनुमति, युक्रेनी राहदानी, गहना र केही नगद चोरी भएको बताइन्। यो मामिलामा भिक्टोरियालाई फेब्रुअरी २०२३ मा हत्या प्रयासका लागि दोषी ठहराइएको थियो। आफ्नो डुप्लिकेट लाई मार्न खोजिएको यो पहिलो घटना होइन यसअघि जर्मनीमा एउटी महिलाले आफ्नी डुप्लिकेटको हत्या गरेकी थिइन् ।

२०१५ मा इन्टरपोलले भिक्टोरिया विरुद्ध रेड नोटिस जारी गरेको थियो । उनले सन् २०१४ मा रुसमा एक महिलाको हत्या गरेकी थिइन । ती महिलाको घरमा पनि चोरी पनि भएको थिए । यति मात्र होइन उनले डेटिङ साइटमार्फत भेटेका पुरुषलाई लागु औषध ख्वाएर लुट्ने गरेको आरोप पनि छ । जर्मन प्रहरीले यो घटनालाई ‘द डोपलगेङ्गर मर्डर’ नाम दिएको थियो । १६ अगस्ट २०२२ मा एक २३ बर्सिया युवतीले आफ्नो मृत्युको नक्कली प्रमाण बनाउन सामाजिक सञ्जालमा आफू जस्तै देखिने युवतिको हत्या गरेकी थिइन् ।

प्रहरीका अनुसार म्युनिखमा बस्ने सहरबान के. नामक ती महिलाले इन्स्टाग्राममा नक्कली प्रोफाइल बनाएर आफूजस्तै देखिने धेरै महिलासँग सम्पर्क गर्ने प्रयास गरिन् । धेरै प्रोफाइलहरू खोजे पछि उनले कस्मेटिक ब्लगरको प्रोफाइल फेला पारिन । खादिजा नामक ती ब्लगर अल्जेरियाली नागरिक थिइन् र आरोपित महिलाको घरबाट करिब १६० किलोमिटर टाढा बस्थिन। दुवैको लामो कालो कपाल थियो र रङ्ग लगभग उस्तै थियो।

शाहराबानले आफ्ना प्रेमी शाकिर के. सँग मिलेर खादिजा सँग सम्पर्क गरी केही सौन्दर्य उत्पादन खरिद गर्ने प्रस्ताव गरिन । त्यसपछि दुवै जना उनलाई लिन आए । खादिजालाई लिएर म्युनिख फर्कने क्रममा ती दुईले जङ्गलमा कार रोकेर खादिजा माथि ५० पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया