आईपीएल : रोयल च्यालेन्जर्स बेंग्लोरको जित
नेपालखोज
२०८० वैशाख ७ गते २०:२६

काठमाडाैं । इन्डियन प्रिमियर लिग(आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले जित हात पारेको छ । मोहालीमा भएको खेलमा बेंग्लोरले घरेलु टोली पन्जाब किंग्सलाई २४ रनले पराजित गरेको हो ।
बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको पन्जाबले १८ दशमलब २ ओभरमा अलआउट हुदै १ सय ५० रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो । छैटौं खेलमा तेस्रो जित हात पारेको बेंग्लोर ६ अंकका साथ १० टोली सहभागी प्रतियोगिताको पाँचौ स्थानमा रहेको छ । छैटौं खेलमा तेस्रो हारका साथ पन्जाब भने सातौं स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया