भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी हुने
नेपालखोज
२०८० वैशाख ८ गते ७:०९

काठमाडाैं । भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आज वैशाख ८ देखि १० गतेसम्म अन्तर्राष्ट्रियस्तरको हस्तकला प्रदर्शनी सञ्चालन हुने भएको छ ।
स्वदेशी तथा विदेशी क्रेतालाई नेपाली उत्पादनप्रति आकर्षित गराउन, नेपालको हस्तकला र स्थानीय उत्पादनलाई विश्व बजारमा चिनाउन, नेपाली उद्योगी–व्यवसायीको मनोबल बढाउन र निर्यात प्रवद्र्धन तथा अर्थतन्त्र सुधारका पक्षमा योगदान पुर्याउन महोत्सवका रूपमा प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।
एक लाखभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको तीनदिने यो प्रदर्शनीमा १ सय ७६ व्यापारिक कक्ष रहने छ । पश्मिना, गलैँचा, कार्पेट, काष्ट एवं मूर्तिकला, गरगहना, जडिबुटी, सजावट तथा पर्यटन उद्योगसँग सम्बन्धित सामग्री प्रदर्शनीमा राखिने आयोजकहरुले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया