नेपालले ओमानलाई दियो ऐतिहासिक लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगमा ओमानलाई नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरका ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । नेपालले अहिलेसम्म कै विशाल रन बनाएको हो । अहिलेसम्म नेपालले विपक्षीलाई सर्वाधिक २९७ रनको लक्ष्य दिएको थियो । नेपालले मार्च ९, २०२३ मा त्रिवि क्रिकेट मैदानमा पीएनजीलाई २०९८ रनको लक्ष्य दिएको थियो ।
आइसीसीबाट एक दिवसीय मान्यता पाएको खेलमा नेपालका दुवै ओपनरले खाता नै खोल्न सकेनन् । नेपालले रनको खाता नखोल्दै ओपनर गुमाएको पारीलार्ई युवा खेलाडी कुशल मल्लले सम्हालेका थिए । उनले नेपालका लागि १०८ रनको शतकीय पारी खेलेका छन् । उनले ६४ बलमा १० नौ चौका र १० छक्का प्रहार गरेका थिए । खेलको ४१ औं ओभरको चौथो बलमा अकिव इलियासको बलमा आयान खानको हातबाट क्याच आउट भएका थिए ।
त्यस्तै नेपालका सोमपाल कामीले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा नौ चौकाको मद्दतले अविजित ६३ रन बनाए । त्यस्तै करण केसीले १५ बलमा दुई चौका र एक छक्काको मद्दतले अविजित २९ रन बनाए ।
यस अघि खेलमा नेपालले रनको खाता २८औं बलमा खोलेको थियो । दुवै ओपनर आउट भएपछि आएका रोहित पौडेल र भिम सार्कीले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीलाई ओमानका बलर फायाज बटले तोडेका थिए । खेलको १८ औं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेल ब्यक्तिगत २३ रन बनाउँदै पविलियन फर्केका थिए । उनले दुई चौका प्रहार गरेका थिए । रोहितलाई फायाज बटले कश्यप प्रजापतिको हातबाट क्याचआउट गरेका थिए ।
त्यसपछि क्रिजमा जमेका अर्का ब्याट्सम्यान भिम सार्कीलाई नेपालले स्कोर ७२ हुँदा २१ औं ओभरमा गुमाएको थियो । २१ औं ओभरको तेस्रो बलमा भिम जिसन मक्सुदको बलमा विकेटकिपर अदिल सफिकले स्टम्पिङ गरेका थिए । भिम सार्कीले ५६ बलमा चार चौका र एक छक्काको मद्दतले ३३ रन जोडेका थिए ।
त्यसपछि नेपालले अर्का खेलाडी आरिफ शेखलाई खेलको ३२ औं ओभरमा गुमाएको थियो । आरिफ २९ बलमा दुई चौका प्रहार गर्दै २९ रन बनाएका थिए । आरिफलाई ओमानका लागि एक दिवसीयमा पहिलो पटक बलिङमा डेब्यु गरेका जतिन्दर सिंहले करिमउल्लाहको हातबाट क्याच आउट गरेका थिए । पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७३ रनको साझेदारी गरेका थिए ।
त्यसपछि नेपालका अर्का भरपर्दो ब्याट्सम्यानका रुपमा चिनिएको दिपेन्द्र सिंह ऐरी सात रन बनाउँदै आउट भएका थिए । उनले १२ बलमा ७ रन जोड्दा आयान खानले आउट गरेका हुन् । दिपेन्द्र आउट हुँदा नेपालको स्कोर १७२ रन थियो ।
नेपालको स्कोर २२१ रन हुँदा शतकीय पारी खेलेका कुशल मल्ल आउट भएका थिए । त्यसपछि ब्याटिङमा आएका सन्दिप लामिछाने ८ रन बनाउँदै खेलको ४५ औं ओभरको चौथो बलमा आयान खानको बलमा बैकल्पिक फिल्डरको रुपमा मैदानमा रहेका जय ओडेराको हातबाट क्याच आउट हुन पुगे ।
ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेटट लिँदा विलाल खान, कलिमउल्ला, फायाज बट, अकिव इलियास र जतिन्दर सिंहले एक एक विकेट लिए ।

प्रतिक्रिया