भारतको ९० प्रतिशत क्षेत्र हिटवेवको खतरा

एक अनुसन्धान अनुसार जलवायु परिवर्तनका कारण भारतमा बसोबास गर्ने ८० प्रतिशत जनता गर्मीको लहरको खतरामा छन । यतिबेला भारतका धेरैजसो भाग चर्को गर्मी र तातो हावाको चपेटामा परेका छन् । यसको मुख्य कारण जलवायु परिवर्तन रहेको एक अनुसन्धानमा उल्लेख गरिएको छ ।
ग्लोबल वार्मिङका कारण हिटवेव लगातार खतरनाक बन्दै गएको छ । अहिले तातो लहरको प्रभावले भारतको ९० प्रतिशत भूभागलाई खतरामा पारेको अवस्था छ ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका रमित देबनाथ र सहकर्मीहरुद्वारा पीएलओएस क्लाइमेटमा ‘लीथल हीट वेव्स आर चैलेंजिंग इंडियाज सस्टेनेबल डेवलपमेन्ट’ शिर्षकको एउटा अध्ययन प्रकाशित गरिएको छ । यसले जलवायु परिवर्तनका कारण गर्मीको लहरको जोखिम बढेको र दिगो विकास लक्ष्यतर्फ भारतको प्रगतिमा बाधा पुग्न सक्ने कुरा बताइएको छ ।
हिटवेव दिल्लीका लागि ठूलो खतरा ?
उक्त अनुसन्धानमा गर्मी सूचकका हिसाबले पूरै दिल्ली खतराको क्षेत्रमा रहेको बताइएको छ । अप्रिल महिनामा दिल्लीमा गर्मीको लहरका कारण मानिसहरू धेरै ठुलो समस्यामा परेका थिए । यो अनुसन्धानका लेखकले भारतमा गर्मीको लहरको तीव्रता बढ्दै गएको कुरा लेखेका छन् जसका कारण देशका ८० प्रतिशत जनता जोखिममा छन् । यसमा भारतको हालको जलवायु संकटको मूल्याङ्कनलाई पनि ध्यानमा राखिएको छ ।
गर्मीको लहर घातक बन्दै गएको छ
१६ अप्रिलमा महाराष्ट्रको नवी मुम्बईमा एक कार्यक्रममा सहभागी हुने क्रममा तातो हावाबाट १३ जनाको मृत्यु भएको थियो भने अरु धेरैलाई अस्पतालमा भर्ना गरिएको थियो । गर्मीको यस्तो लहर भारत लगायत भारतीय उपमहाद्वीपभरि नै प्रचलित छ र यो लामो समयसम्म रहन्छ ।
अन्वेषकहरू भन्छन् – यती बेला जलवायु विज्ञ एवं नीति निर्माताहरूले देशको जलवायु संकटको मूल्याङ्कन गर्न प्रयोग गरिने मेट्रिक्सको पुन: मूल्याङ्कन गर्ने समय हो ।
प्रतिक्रिया