थप १०६ जनामा कोरोना, एक जनाको मृत्यु

नेपालखोज २०८० वैशाख ८ गते १६:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४६ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ३५ हजार ९७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार मूलुकभर ४१४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया