सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

नेपालखोज २०८० वैशाख ८ गते १६:५५

काठमाडौं। सर्वोच्च अदालतले सिंहदरवारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरवारभित्रको फोहोर तत्काल उठाउन भनेको हो ।

सिंहदरवारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए ।

त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया