कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयले माग्याे स्पष्टीकरण

नेपालखोज २०८० वैशाख ८ गते १८:०८

काठमाडाैं । नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् । 

उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया