खतरामा परेका महिलालाई ईयूले आश्रय दिन सक्छ

आफ्नै देशमा खतराको सामना गरिरहेका महिलाहरूले अब युरोपेली संघमा शरणार्थीको दर्जा प्राप्त गर्न सक्छन्। युरोपेली युनियन अदालतका शीर्ष सल्लाहकारको यो भनाइले विश्वका धेरै देशका महिलामा शरण पाउने आशा जगाएको छ ।
रिचर्ड डे ला टुर, युरोपेली न्यायालयको न्यायिक महाधिवक्ताले भनेका छन् – यो श्रेणीमा इज्जत , जबरजस्ती विवाह वा घरेलु हिंसा सम्बन्धी अपराधको जोखिममा रहेका ईयू बाहिर बस्ने महिलाहरू समावेश हुन सक्छन् । डे ला टुरले बुल्गेरियाको एक अदालतले ल्याएको मुद्दामा यो कुरा भनेका हुन्, जसमा एक सम्बन्धविच्छेद गरेकी कुर्दिश महिलाले आफ्नो देश टर्की फर्किएरआफू हिंसाको जोखिममा रहेको अदालतलाई बताएकी थिइन्।
बुल्गेरियाको अदालतले यस आधारमा ती महिलालाई शरणार्थीको दर्जा दिने वा नदिने निर्णय गर्न सकेन । यी युवतीलाई जबरजस्ती विवाह गरिएको थियो । त्यसपछि उनीसँग पटकपटक घरेलु हिंसा भएको थियो । उनका श्रीमान तथा परिवारका अन्य सदस्यले पनि उनलाई धम्की दिएका थिए । ती सबै घटना पछि उनी आफ्नो घरबाट भागेर अनि आफ्नो देश छोडेर युरोपियन युनियनको सदस्य राष्ट्र बुल्गेरिया पुगिन्।
शरणको आधार डे ला टुरले यस मामिलामा तर्क गरे अनुसार शरणार्थीका रूपमा अन्तर्राष्ट्रिय सुरक्षा जोखिममा परेका मानिसहरूलाई मान्यता प्रदान गर्न सकिन्छ किनभने तिनीहरू ‘विशेष सामाजिक समूह’ को हिस्सा हुन। उनले भने यस्तो अवस्थामा बुल्गेरियाली अधिकारीहरूले टर्कीमा महिलाले सामना गरिरहेका जोखिमहरू सीधै उनको लिङ्गसँग सम्बन्धित छन् कि छैनन् भनेर होसियारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ । उनको यस्तो राय बाध्यकारी नभए पनि ईसीजेले जब हप्ता दिन जति पछि अन्तिम निर्णय गर्छ, त्यसले भने सामान्यतया आम मान्यता पाउनेछ । -रोयटर्स
प्रतिक्रिया