काठमाडौंमा ‘पाल्पा महोत्सव’
नेपालखोज
२०८० वैशाख ९ गते ७:००

काठमाडौं । पाल्पाली सङ्गमको आयोजनामा आज काठमाडौंमा ‘पाल्पा महोत्सव–२०८०’ संचालनमा आउँदैछ । पाल्पाली सङ्गमले आफ्नो स्थापना दिवस पारेर यो महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारहरुको प्रस्तुति रहने छन् । यस्तै, महोत्सवमा रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायत पाल्पाली परिकार, ढाका तथा करुवालगायत पाल्पाली घरेलु उत्पादन, पाल्पासम्बन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा बिक्री वितरण हुनेछ ।
सङ्गमका महासचिव जीवन भण्डारीले पाल्पामा जन्मेर काठमाडौँमा बसेका व्यक्तिलाई जिल्लाप्रति जिम्मेवारि बोध गराउन एवं जिल्लामा उत्पादित सामग्री प्रदर्शन तथा बिक्रीवितरण गर्न यो महोत्सवको आयोजना गर्न लागिएको बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया