मंगलबार, वैशाख २५, २०८१

नरभक्षी गिद्ध !

दिनेश यादव २०८० वैशाख ९ गते १०:००

एउटा नरभक्षी गिद्ध
आफ्नैको सिकार गर्न उडाइयो ।

गन्तव्यविहिन त्यो
आफ्नैलाई चिथोर्न थाल्यो ।

मानसिक रोगी बन्यो त्यो
आफ्नैलाई बुटी/बुटी पार्न थाल्यो ।

चुच्चोमा आफ्नैको चोक्टा च्याँपी त्यो
आकाशमा उडेको उड्यै गर्न थाल्यो ।

सधैं नरभक्षी कै भूमिका त्यो
धेरै/धेरै उड्न थाल्यो ।

सिनोको स्वाद समेत बिर्सेको त्यो
धेरै उचाईमा उड्न थाल्यो ।

शत्रुहरूको फुर्काईमा त्यो
माथि/माथि अझ धेरै माथि उड्यो ।

अब त स्वभक्षी बनेको त्यो
परेवाहरूमा जातिय विभाजन थाल्यो ।

आखिर गिद्ध न हो त्यो
उड्दा उड्दै एक दिन देखिन छोड्छ त्यो ।

फेरी अर्को गिद्ध उडाइन्छ
फेरी नरभक्षीकै भूमिकामा हुन्छ त्यो ।

प्रतिक्रिया