गर्मिमा हुने खोकी र ज्वरोको आयुर्वेदिक उपचार कसरी गर्ने ?
नेपालखोज
२०८० वैशाख ९ गते १०:१४

काठमाडाैं । गर्मिमा हुने खोकी र ज्वरोको उपचार निम्न आयुर्वेदिक कुराहरु खाएर गर्न सकिन्छ ।
गुर्जो
ज्वरो रोक्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसको चक्की बजारमा सजिलै उपलब्ध हुन्छ । यसको जुस पनि पिउन सकिन्छ ।
तुलसी
यसमा एन्टिभाइरल गुण पाइन्छ । यसले शरीरको तापक्रम घटाउन मद्दत गर्छ । यसले प्रतिरक्षा प्रणाली पनि मजबुत बनाउँछ । यसको रस वा पात प्रयोग गरिन्छ ।
पिपला
यसले रुघाखोकी, ज्वरो, घाँटी दुख्ने आदि समस्या समाधान गर्छ । यसको धूलो पानीमा उमालेर मह मिसाएर पिउँदा फाइदा हुन्छ।
मरिच
खोकी लाग्दा मरिच प्रयोग गर्नसकिन्छ । यसले कफलाई खुकुलो बनाउँछ भने छातीमा कफ जम्न दिदैन । मरिचलाइ मह संग मिसाएर खानुपर्छ ।
सावधानी : आयुर्वेदिक ओैषधि वा घरेलु उपायको मात्रा भन्दा बढिको प्रयोग हानिकारक हुनसक्छ ।
सम्बन्धित
प्रतिक्रिया