बिहीबार, जेठ २, २०८२

रविका चालक थापाको अवस्था चिन्ताजनक

नेपालखोज २०८० वैशाख ९ गते १५:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु)को स्वास्थ्य अवस्था चिन्ताजनक छ ।

थापा सोमबार (वैशाख ४ गते) बिहान चितवनस्थित रवि लामिछानेको घरको छतबाट खसेको अवस्थामा फेला परेका थिए । राति सुत्नका लागि छतमा गएका उनी बिहान घाइते अवस्थामा फेला परेपछि उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज पुर्‍याइएको थियो।

चितवनबाट उनलाई वैशाख ५ गते नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको थियो ।

मेडिसिटी अस्पताल स्रोतका अनुसार उनको अवस्था ‘क्रिटिकल’ छ। उनको मुटुको चाल र रक्तचाप चिकित्सकीय उपकरणका सहायताले मेन्टेन गरिएको बताइएको छ। ‘उनको अवस्था अत्यन्तै क्रिटिकल छ। अहिले मेसिनको सहायताले मुटुको चाल र रक्तचाप मेन्टेन गरिएको छ,’ अस्पताल स्रोतले भन्यो ।

प्रतिक्रिया