खुमलटारसँग मनाङ मस्र्याङ्दी पराजित
नेपालखोज
२०८० वैशाख ९ गते १८:४१

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब एफसी खुमलटारसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङलाई एफसी खुमलटारले २–१ गोल अन्तरले पराजित गरेको हो ।
खुमलटारको यो चौंथो जित हो । खुमलटारले ११ खेलमा १३ अंक जोडेको छ । मनाङको यो लगातार चौंथो हार हो । मनाङले ११ खेलमा १५ अंक जोडेको छ ।
सम्बन्धित

प्रतिक्रिया