सोमबार, जेठ २७, २०८२

प्रचण्ड–माधवले सस्तो मूल्यमा विकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाए : ओली

नेपालखोज २०८० वैशाख ९ गते १८:५६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालहरूले सस्तो मूल्यमा विकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।

कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यमबाट दुईतिहाइको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड–माधव नेपालहरूले सस्तोमा विकेर त्यसलाई ध्वस्त बनाएको उनले आराेप लगाए । कम्युनिस्ट पार्टीमाथि वि.सं. २०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको जिकिर उनले गरे ।

ओलीले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झन्डा बोकेर हिँडनु बेकार रहेको टिप्पणी समेत गरे । उनले आउँदा निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पार्ने बताए ।

२५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने ओलीको भनाइ थियो । एमालेले मुलुकलाई समृद्ध बनाउन चाहेको उल्लेख गर्दै उनले त्यसमा केन्द्रित भएर लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रिया