सोमबार, जेठ २७, २०८२

कोरोना संक्रमित एकको निधन

नेपालखोज २०८० वैशाख ९ गते १८:५१

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो ।

शुक्रबार पनि एक जनाको निधन भएको थियो । आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया