सोमबार, जेठ २७, २०८२

भोलिसम्म नयाँ सरकार बन्छ : नेता सुरेन्द्र पाण्डे

नेपालखोज २०८० वैशाख ९ गते २०:०९

काठमाडाैं । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलिसम्म नयाँ सरकार बन्ने बताएका छन् ।

शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत नपाएर पदमुक्तका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् । 

‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो’ उनले भने ।

प्रतिक्रिया