जावलाखेलसँग चर्च ब्वाइज पराजित
नेपालखोज
२०८० वैशाख ९ गते २१:४४

काठमाडाैं । ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेलले अग्रता बढाएको छ । शनिबारको अन्तिमा खेलमा दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै पाँच अंकको अग्रता बनाएको छ ।
योसँगै चर्च ब्वाइजले जावलाखेललाई पराजित गर्दै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । जारी सिजनको सहीद स्मारक ए डिभिजन लिगमा अपारजित रहेको चर्च ब्वाइजको यात्रामा पुर्णविराम लागेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो हाफमा मासोबीले गरेको गोल नै निर्णयक बन्यो । जितसँगै जावलाखेलले ११ खेलबाट २३ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको चर्च ब्वाइजको समान खेलबाट १८ अंक रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया