कर्णालीको पर्यटन प्रर्वद्धन गर्न ‘राइड टु रारा’ प्रतियोगिता

काठमाडौं । आज वैशाख १० गते देखि १३ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता संचालन हुँदैछ ।
त्रिवेणी एडभेन्चर्स तथा रोयल एन्फिऐड बुलेट बाइकको संयोजनमा यो ‘राइड टु रारा’ कार्यक्रम हुन लागेको हो । यो कार्यक्रम अन्तरगत २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्नेछन ।
कर्णालीको पर्यटन प्रर्वद्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । बाइक राइडिङमा १८ वर्षमाथिका युवाहरु मात्र सहभागी हुनेछन् ।
बाइक राइडर्सहरुसँग मेडिकल, प्राविधिक तथा फोटोग्राफि टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण गरिने आयोजकहरुले बताएका छन् । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको बताइएको छ ।
प्रतिक्रिया