बिहीबार, असार ५, २०८२

कुन देशका नागरिकको टाउकोमा छ सर्वाधिक ऋण ?

नेपालखोज २०८० वैशाख १० गते ९:०८


काठमाडाैं । प्रति जीडीपीका आधारमा हेर्दा संसारमा सबैभन्दा बढी ऋण जापानीहरुको टाउकोमा छ। जापानको कुल ऋण ९.०८७ ट्रिलियन अमेरिकी डलर छ । यो जापानको जीडीपीको २ सय ३७ प्रतिशत हो ।

ग्रीस विश्वमा ऋणको हिसाबले दोस्रो स्थानमा छ। ग्रीसको कुल ऋण ३ सय ७९ बिलियन अमेरिकी डलर छ। यो देशको जीडीपीको १७७ प्रतिशत हो ।

ऋण लिनेहरूको सूचीमा लेबनान तेस्रो स्थानमा छ । लेबनानको कुल ऋण ९६.७ बिलियन अमेरिकी डलर छ । जुन यसको कुल जीडीपीको १ सय ५१ प्रतिशत हो ।

यो सूचीमा अर्को नाम इटालीको छ। इटालीको कुल ऋण २.४८ ट्रिलियन डलर छ। यो इटालीको जीडीपीको १ सय ३५ प्रतिशत हो ।

यो सूचीको पाँचौं नम्बरमा सिंगापुर छ जसको थाप्लोमा १.७ ट्रिलियन डलर ऋण छ । सिंगापुर माथि जीडीपीको १२६ प्रतिशत ऋण छ ।

अफ्रिकाको टापु देश केप भर्डे संसारको छैटौं ठूलो ऋणी देश हो । यो देस माथि २.५१ बिलियन डलर ऋण छ, जुन उसको जिडिपिको १ सय २५ प्रतिशत हो ।

यो सूचीमा युरोपेली देश पोर्चुगल पनि छ । पोर्चुगलको राष्ट्रिय ऋण २ सय ५४ बिलियन डलर छ । यो पोर्चुगलको जिडिपि को ११७ प्रतिशत हो ।

अफ्रिकी देश अंगोला विश्वको आठौं ठूलो ऋणी देश हो । अंगोलाको राष्ट्रिय ऋण ६४,९६३ मिलियन डलर छ। यो अंगोलाको कुल जिडिपिको १११ प्रतिशत हो ।

भुटान विश्वको सबैभन्दा धेरै ऋण भएको देशहरूमा नवौं स्थानमा छ । भुटानको राष्ट्रिय ऋण २.३३ अर्ब डलर छ । यो रकम भुटानको कुल जीडीपीको ११० प्रतिशत हो।

मोजाम्बिक संसारको दशौं ठूलो ऋणी देश हो । मोजाम्बिकसँग १७.२१ बिलियन डलर ऋण छ । यो मोजाम्बिकको जीडीपीको १ सय ९ प्रतिशत हो।

प्रतिक्रिया