ए डिभिजन लिगमा दुई खेल हुँदै
नेपालखोज
२०८० वैशाख १० गते ९:०६

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेल हुँदैछ।
लिगको ११ औं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।
संकटा आज पाँचौं जितको योजनामा हुनेछ । संकटा १० खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
थ्री स्टार छैटौं जितको खोजीमा हुनेछ । थ्री स्टार १० खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
हिमालयन आज तेस्रो जितको खोजीमा हुनेछ । हिमालयन १० खेलमा ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
सातदोबाटो छैटौं जित निकाल्न चाहन्छ । सातदोबाटो १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया