जसपाले बुथ कब्जा गरेको जनमतको आरोप
नेपालखोज
२०८० वैशाख १० गते ९:३८

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का २ मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् ।
प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।
आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनले आरोप लगाए ।
आफूहरूले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएको र प्रहरी प्रशासनलाई पनि जानकारी गराए पनि उल्टै प्रहरीकै मिलेमतोमा बुथ कब्जा भएको उनको आरोप छ ।
स्थानीय प्रशासनले भने कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया