पाल्पामा बस दुर्घटना, एक महिलाको मृत्यु

नेपालखोज २०८० वैशाख १० गते १०:३७

काठमाडौं । बुटवल पाल्पा सडकखण्डको जोरधारामा बस दुर्घटना भएको छ। दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जनाको उद्धार भइरहेको छ।

आइतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार सुरु गरेको छ। क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया