आइतबार, जेठ ६, २०८१

सञ्चारकर्मी विसीको ‘साई बाज’ बजारमा (भिडियो)

नेपालखोज २०८० वैशाख १० गते १४:११

काठमाडौं । मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ । विसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम विसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ ।

दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भरेका छन् भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गरेका छन् । निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गरेको यस गीति भिडियोमा गायक सङ्गम विसी र सुस्मिता कुँवरको अभिनय रहेको छ ।

विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताए । रेडियो मेलौलीमा स्टेशन म्यानेजरको रुपमा कार्यरत उनले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसकेका छन् ।

प्रतिक्रिया