रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी
नेपालखोज
२०८० वैशाख १० गते १४:४८

काठमाडौं । दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले नै प्रदर्शनसहित नाराबाजी गरेका छन् ।
चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा मतदान गर्न आएका मतदाताले नाराबाजी गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने त्यहाँ पुग्दा झडपको स्थिति बनेको थियो । मतदान केन्द्रमा लफडा भएपछि प्रहरीले स्थिति नियन्त्रण लिएको हो ।
मतदान प्रभावित भएपछि केहि समयको लागी मतदान स्थगित गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया