सोमबार, जेठ २७, २०८२

किन रोकियो चितवनको दुई केन्द्रमा मतदान ?

नेपालखोज २०८० वैशाख १० गते १५:२५

चितवन । चितवन–२ को दुईवटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछाने मतदान स्थलको निरिक्षणका लागी मतदान स्थलमा पुग्दा समर्थकहरुको चर्को नाराबाजी भएपछि झडपको स्थिति बनेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो ।

अहिले मतदान सुरु गर्ने प्रयास भइरहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए । ‘मतदान पुनः सुचारु गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

प्रतिक्रिया