मतदानको निर्धारित समय सकियो
नेपालखोज
२०८० वैशाख १० गते १७:१०

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आइतबार तीन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो ।
मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छन् । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने आयोगले जनाएको छ ।
निर्वाचन सकिएसँगै आजैबाट मतगणना सुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको परिणाम आउन पनि ढिलाइ नहुने उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया