सोमबार, जेठ २७, २०८२

लामिछाने र सीडीओलाई कारबाही गर्न कांग्रेसको उजुरी

नेपालखोज २०८० वैशाख १० गते १९:३६

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।

उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोपसहित चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरिएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया