बारामा मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक बस्दै
नेपालखोज
२०८० वैशाख ११ गते ६:०९

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक बस्दै छ । बैठक सोमबार बिहान ६ बजे बस्ने जनाइएकाे छ । हिजो भएको मतदानमा बारा–२ मा ६४ प्रतिशत मत खसेको छ ।
यो क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुशवाह, नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलसहित उम्मेदवार छन् ।
सम्बन्धित
प्रतिक्रिया