क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँ
नेपालखोज
२०८० वैशाख ११ गते ९:१८

काठमाडौं । नाबालिका माथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ ।
नाबालिका माथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्राको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।
चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्रालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्रालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।
सम्बन्धित

प्रतिक्रिया