बिहीबार, जेठ २, २०८२

साथीले बोकेको बन्दुक पडकदा एकजनाको मृत्यु

नेपालखोज २०८० वैशाख ११ गते ९:३७

नुवाकोट । आफ्नै साथीले बोकेको बन्दुक पडकदा एकजनाको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यद्यपि, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया