एसीसी प्रिमियर कप : वर्षाले मूलपानी र कीर्तिपुरमा टस हुन सकेन

नेपालखोज २०८० वैशाख ११ गते ९:५०

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा हुँदा राजधानीमा जारी एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेटको आजका खेल अहिलेसम्म प्रभावित भएका छन् ।

गएराति देखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा वर्षा हुँदा मूलपानी मैदान र कीर्तिपुर मैदान दुवैमा खेल प्रभावित भएको हो ।

मूलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागे पनि अहिलेसम्म टस हुन सकेको छैन ।

मूलपानीमा नेपालले साउदी अरेबियासँग खेल्ने कार्यतालिका रहेको छ । वर्षाका कारण खेल रद्द हुन पुगे दुवै टिमले एक एक अङ्क लिने छन् ।

नेपाल अहिले समूह ए मा शीर्ष स्थानमा रहेको छ । यसैगरी साउदी अरेबिया चौथो स्थानमा छ । यो समूहबाट शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यसैगरी कीर्तिपुर मैदानमा बहराइन र हङकङको खेल वर्षाका कारण प्रभावित भएको छ ।

अहिलेसम्म त्यहाँ पनि टस भएको छैन । कीर्तिपुर मैदान पनि वर्षाका कारण खेल्न योग्य नभएको हो ।

समूह बीमा हङकङ लगातार जित निकाल्दै शीर्ष स्थानमा छ भने बहराइन तेस्रो स्थानमा छ ।

प्रतिक्रिया