तनहुँ १ मा २५ हजार मत गन्दा स्वर्णीमले कति ल्याए ?
नेपालखोज
२०८० वैशाख ११ गते १२:५९

काठमाडौं । तनहुँ–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले १२ हजार मत कटाएका छन् ।
२५ हजार मत गणना सकिदा वाग्लेले १२७०५ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७६४७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ४२२० मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया