मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, ढल्यो एमाले नेतृत्वको लुम्बिनी सरकार
नेपालखोज
२०८० वैशाख ११ गते १३:०६

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।
प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।
यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ।
अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।
सम्बन्धित
प्रतिक्रिया