संसदीय समितिमा भागबन्डा टुङ्गाउन छलफलमा ३ दल
नेपालखोज
२०८० वैशाख ११ गते १५:१०

काठमाडौं । संसदीय समितिहरुको भागबन्डा टुङ्गाउन तथा टिआरसी विधेयकको विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक बसेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसहित विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि बैठकमा छन् । विषयगत समितिको सभापतिमा सहमतिका लागि एमालेले प्रस्ताव राखेको छ ।
त्यस्तै एमालेले संवैधानिक परिषदबाट प्रधान न्यायाधीश नियुक्तिको सिफारिस गर्नुअघि संसदीय सुनुवाइ विशेष समिति गठन गरिनुपर्ने भनेको छ ।
सम्बन्धित
प्रतिक्रिया